पारिजातको उपन्यास शिरिषको फूल सुनें मोबाइलमा । एउटा जबर्जस्त प्रेमकथा शकम्बरी र सुयोगवीरको । बिएको कोर्समा पढेको भए पनि याद थिएन । मलाई प्रेमकथा मन पर्छ । डुब्न सक्छु त्यसमा । लामो समयसम्म म प्रेम सम्बन्धमा अल्झिएँ झण्डै एक दशक । ६० को त्यो दशक मेरो जीवनको स्वीट डिकेड हुन सक्थ्यो होला । तर पहिलो ५ वर्षमै धेरै कुराहरु परिवर्तन भइसकेका थिए । पछिल्ला ५ वर्ष भने सुनौला रहे । एउटी ग्रामीण युवती मेरो जीवनमा आई ०६५ सालतिर । हाम्रो प्रेमकथा पनि जबर्जस्त थियो । आरोह–अवरोह, अवरोध केही थिएनन् तैपनि रोमाञ्चक भने थियो । पढाइ, करिअर र सम्बन्ध सँगसँगै अगाडि बढे । सबै मध्यम । ६० कै दशकमा प्रेमसम्बन्धलाई बिहेमा परिणत गरियो सहज रुपमा । त्यसपछिका वर्षहरु पनि सुखमय रहे । बीचको १ वर्ष बडो कष्टपूर्ण थियो । घर बनाउन भनेर काठमाडौंबाट भक्तपुर सरिएको थियो । आम्दानी शून्यजस्तै थियो आफ्नो । गर्भवती पत्नीको कमाइले कोठाभाडालगायत सम्पूर्ण खर्च चलेको थियो । असार साउनको झरीमा चिप्लो बाटो बडो जतनसाथ उ अफिस जान्थी । सार्वजनिक बस चढेर पाटन अस्पताल पुग्थ्यौं उभित्र चलिरहेको अर्को मुटुको हालखबर बुझ्न । डाक्टरका कुराले कहिले ढुक्क बनाउँथे त कहिले तनाव थपिन्थ्यो । राम्रा कुरा सुनेका दिन लगनखेलको फुटपाथ बजारमा किनमेल गथ्र्यौं ।
बर्खा सकिएर दिनहरु अलि सहज हुन थाले । मेरा लागि खुसीका कुनै आधार थिएनन् एउटै थियो परिवारमा थपिन लागेको नयाँ सदस्य । असोज १२ गते नियमित जाँचका लागि जाँदा त्यो दिन नजिकै आइसकेको जानकारी पाटन अस्पतालकी सिनियर कन्सल्ट्यान्ट डा. अलका सिंहले दिइन् । हामी कुनै तयारी नगरी गएका थियौंं । खुसी र डरको सञ्चार एकैपटक प्रवाह भयो शरीरभरी । सहयोगका लागि भन्नलाई कोही थिएन । धेरैबेर भौंतारियौं पाटन अस्पतालका बिल्डिङहरूमा । उ आत्तिनु स्वाभाविक थियो, म आफैं पनि लाटो भएको थिएँ । निकैबेर अलमलिएपछि तेस्रो तलामा भेटियो लेबर रुम, जहाँ असह्य पीडाबीच हाम्रो सन्तानले धर्तीमा आँखा हेर्दै थियो । मनमा अनेक किसिमका भावहरु आइरहेका थिए धेरैजसो सकारात्मक र केही नकारात्मक पनि ।
पुरुषलाई भित्र जान अनुमति थिएन । केही सीमित साथी र आफन्तलाई खबर गरें । राति साथी बस्न प्रकाश भाईलाई बोलाएँ । मनिसा र निरसा (सालीहरु)ले खानाको बन्दोबस्त गरे । भित्र साथीका लागि सिर्जना दिदी (जेठीसासु) लाई खबर ग¥यौं । भित्र के भइरहेछ भन्नेमात्रै लागिरहन्थ्यो मनमा । बाहिर भुइँमा म्याटे«स ओछ्याएर सुतें तर रातिसम्म निद्रा लागेन । भोलिपल्ट बिहानसम्म पनि केही खबर आएन । घरीघरी दिदीलाई एसएमएस गरेर खबर सोध्थें ।
पुरुषलाई भित्र जान अनुमति थिएन । केही सीमित साथी र आफन्तलाई खबर गरें । राति साथी बस्न प्रकाश भाईलाई बोलाएँ । मनिसा र निरसा (सालीहरु)ले खानाको बन्दोबस्त गरे । भित्र साथीका लागि सिर्जना दिदी (जेठीसासु) लाई खबर ग¥यौं । भित्र के भइरहेछ भन्नेमात्रै लागिरहन्थ्यो मनमा । बाहिर भुइँमा म्याटे«स ओछ्याएर सुतें तर रातिसम्म निद्रा लागेन । भोलिपल्ट बिहानसम्म पनि केही खबर आएन । घरीघरी दिदीलाई एसएमएस गरेर खबर सोध्थें ।
समय लम्बिँदै जाँदा बेचैनी बढ्दै गयो । छटपटी बढ्दै गयो । भित्रबाट आउने जोकसैमा परिचित अनुहार खोज्थें । हातमा बच्चा बोकेका हँसिला अनुहार धेरै निस्किए । सोमबारको दिन थियो । सोह्र श्राद्ध भएकाले घरमा श्राद्ध चलिरहेको थियो । भर्याङको खुट्किलामा बसेर म ओम नमः शिवाय जपिरहेको थिएँ । भगवान पुकार्नुबाहेक के गर्न सकिन्थ्यो र । भित्रबाट आउने अनेक किसिमका खबरले तनावको पारो चढेको थियो ।
१ बजेतिर खबर आयो, बच्चा भयो तर के हो थाहा छैन । तनावको पारो घटेर एकैपल्ट शून्यमा झर्यो अनि एक निमेषमै खुसीको पारो चढेर सयमै पुग्यो । अँध्यारो सुरुङबाट पारिलो घाममा निस्किएजस्तो महसुस भयो । त्यसपछिको १ घण्टामा हामी क्याबिनमा थियौं । मेरो चहलपहल हेर्न लायक थियो । मोबाइलको कन्ट्याक्ट लिस्टबाट छानीछानी कल गर्दै पुत्रलाभ भएको सुनाइरहेको थिएँ । खुसी होस् वा दुःख जति बाँड्यो उति बढ्छ ।
No comments:
Post a Comment