Saturday, August 6, 2016

दैनिक जीवन किन जटिल बनाउने ?

र, हामी आफ्नो दैनिक जीवनलाई अनावश्यक रूपमा जटिल बनाइरहेका छौं । अनावश्यक कुरामा समय बर्बाद गरिरहेका छौं । कहिलेकाहीँ सोच्छु, के म सही छु त ? मेरो प्रायोरिटीअनुसार काम गरिरहेको छु त ? लाइफमा प्रायोरिटी सेटिङ एकदमै महत्वपूर्ण छ । यो कुरा मैले रियलाइज पनि गरेकै हो । क्याम्पस पढ्दा नै यो कुरा रियलाइज गरेको भए मेरो स्थिति अहिले अर्कै हुन्थ्यो होला । राम्रो पनि हुन सक्थ्यो नराम्रो पनि । यदाकदा सोच्छु, मसँग राम्रो कार किन छैन ? मेरो स्यालरी एक लाख किन छैन ? किन मेरो घर एक तलाको मात्र छ ? मेरो घर किन सुविधासम्पन्न छैन ? के यी जायज प्रश्नहरु हुन् ? यस्तो मनोदशाले ऊर्जा दिन्छ ?
६ कक्षा पढ्दादेखि नै घरबाहिर बसेर पढें, दुःख पाइयो । परिवारकै कान्छो भएर पनि सबैको आँखाको नानी भएर सँगै बस्न पाइएन । उमेर पुगेपछि बुबाआमासँग बस्न पाइयो । १२–१३ वर्षदेखि बुबाआमासँग बसिरहेको छु । यो अवसर पनि हो मेरा लागि । उमेरअनुसार चाहना र प्राथमिकताहरु फरक हुँदा रहेछन् । स्वभाव पनि परिवर्तन हुने रहेछ । संयुक्त परिवारका फाइदा धेरै छन् । तर, कतिपय कुरामा कम्प्रोमाइज गर्नुपर्ने रहेछ । केयर फ्री हुन नपाइने । आफूलाई मन लागेको कुरा गर्न पनि कसले के भन्ला भन्नुपर्ने । 
कतिपय कुरा रियलाइज गरेर पनि सुधार गर्न नसकिने रहेछ । घर तथा पारिवारिक वातावरण, काम गर्ने ठाउँको वातावरण, आर्थिक स्थिति आदिले पनि हाम्रो आनीबानी, बोलिचाली र व्यवहारमा प्रभाव पर्दो रहेछ ।

No comments:

Post a Comment