Monday, August 8, 2016

शिरिषको फूल र हाम्राे प्रेम

पारिजातको उपन्यास शिरिषको फूल सुनें मोबाइलमा । एउटा जबर्जस्त प्रेमकथा शकम्बरी र सुयोगवीरको । बिएको कोर्समा पढेको भए पनि याद थिएन । मलाई प्रेमकथा मन पर्छ । डुब्न सक्छु त्यसमा । लामो समयसम्म म प्रेम सम्बन्धमा अल्झिएँ झण्डै एक दशक । ६० को त्यो दशक मेरो जीवनको स्वीट डिकेड हुन सक्थ्यो होला । तर पहिलो ५ वर्षमै धेरै कुराहरु परिवर्तन भइसकेका थिए । पछिल्ला ५ वर्ष भने सुनौला रहे । एउटी ग्रामीण युवती मेरो जीवनमा आई ०६५ सालतिर । हाम्रो प्रेमकथा पनि जबर्जस्त थियो । आरोह–अवरोह, अवरोध केही थिएनन् तैपनि रोमाञ्चक भने थियो । पढाइ, करिअर र सम्बन्ध सँगसँगै अगाडि बढे । सबै मध्यम । ६० कै दशकमा प्रेमसम्बन्धलाई बिहेमा परिणत गरियो सहज रुपमा । त्यसपछिका वर्षहरु पनि सुखमय रहे । बीचको १ वर्ष बडो कष्टपूर्ण थियो । घर बनाउन भनेर काठमाडौंबाट भक्तपुर सरिएको थियो । आम्दानी शून्यजस्तै थियो आफ्नो । गर्भवती पत्नीको कमाइले कोठाभाडालगायत सम्पूर्ण खर्च चलेको थियो । असार साउनको झरीमा चिप्लो बाटो बडो जतनसाथ उ अफिस जान्थी । सार्वजनिक बस चढेर पाटन अस्पताल पुग्थ्यौं उभित्र चलिरहेको अर्को मुटुको हालखबर बुझ्न । डाक्टरका कुराले कहिले ढुक्क बनाउँथे त कहिले तनाव थपिन्थ्यो । राम्रा कुरा सुनेका दिन लगनखेलको फुटपाथ बजारमा किनमेल गथ्र्यौं ।

बर्खा सकिएर दिनहरु अलि सहज हुन थाले । मेरा लागि खुसीका कुनै आधार थिएनन् एउटै थियो परिवारमा थपिन लागेको नयाँ सदस्य । असोज १२ गते नियमित जाँचका लागि जाँदा त्यो दिन नजिकै आइसकेको जानकारी पाटन अस्पतालकी सिनियर कन्सल्ट्यान्ट डा. अलका सिंहले दिइन् । हामी कुनै तयारी नगरी गएका थियौंं । खुसी र डरको सञ्चार एकैपटक प्रवाह भयो शरीरभरी । सहयोगका लागि भन्नलाई कोही थिएन । धेरैबेर भौंतारियौं पाटन अस्पतालका बिल्डिङहरूमा । उ आत्तिनु स्वाभाविक थियो, म आफैं पनि लाटो भएको थिएँ । निकैबेर अलमलिएपछि तेस्रो तलामा भेटियो लेबर रुम, जहाँ असह्य पीडाबीच हाम्रो सन्तानले धर्तीमा आँखा हेर्दै थियो । मनमा अनेक किसिमका भावहरु आइरहेका थिए धेरैजसो सकारात्मक र केही नकारात्मक पनि ।
पुरुषलाई भित्र जान अनुमति थिएन । केही सीमित साथी र आफन्तलाई खबर गरें । राति साथी बस्न प्रकाश भाईलाई बोलाएँ । मनिसा र निरसा (सालीहरु)ले खानाको बन्दोबस्त गरे । भित्र साथीका लागि सिर्जना दिदी (जेठीसासु) लाई खबर ग¥यौं । भित्र के भइरहेछ भन्नेमात्रै लागिरहन्थ्यो मनमा । बाहिर भुइँमा म्याटे«स ओछ्याएर सुतें तर रातिसम्म निद्रा लागेन । भोलिपल्ट बिहानसम्म पनि केही खबर आएन । घरीघरी दिदीलाई एसएमएस गरेर खबर सोध्थें ।

समय लम्बिँदै जाँदा बेचैनी बढ्दै गयो । छटपटी बढ्दै गयो । भित्रबाट आउने जोकसैमा परिचित अनुहार खोज्थें । हातमा बच्चा बोकेका हँसिला अनुहार धेरै निस्किए । सोमबारको दिन थियो । सोह्र श्राद्ध भएकाले घरमा श्राद्ध चलिरहेको थियो । भर्याङको खुट्किलामा बसेर म ओम नमः शिवाय जपिरहेको थिएँ । भगवान पुकार्नुबाहेक के गर्न सकिन्थ्यो र । भित्रबाट आउने अनेक किसिमका खबरले तनावको पारो चढेको थियो ।
१ बजेतिर खबर आयो, बच्चा भयो तर के हो थाहा छैन । तनावको पारो घटेर एकैपल्ट शून्यमा झर्यो अनि एक निमेषमै खुसीको पारो चढेर सयमै पुग्यो । अँध्यारो सुरुङबाट पारिलो घाममा निस्किएजस्तो महसुस भयो । त्यसपछिको १ घण्टामा हामी क्याबिनमा थियौं । मेरो चहलपहल हेर्न लायक थियो । मोबाइलको कन्ट्याक्ट लिस्टबाट छानीछानी कल गर्दै पुत्रलाभ भएको सुनाइरहेको थिएँ । खुसी होस् वा दुःख जति बाँड्यो उति बढ्छ ।

Saturday, August 6, 2016

दैनिक जीवन किन जटिल बनाउने ?

र, हामी आफ्नो दैनिक जीवनलाई अनावश्यक रूपमा जटिल बनाइरहेका छौं । अनावश्यक कुरामा समय बर्बाद गरिरहेका छौं । कहिलेकाहीँ सोच्छु, के म सही छु त ? मेरो प्रायोरिटीअनुसार काम गरिरहेको छु त ? लाइफमा प्रायोरिटी सेटिङ एकदमै महत्वपूर्ण छ । यो कुरा मैले रियलाइज पनि गरेकै हो । क्याम्पस पढ्दा नै यो कुरा रियलाइज गरेको भए मेरो स्थिति अहिले अर्कै हुन्थ्यो होला । राम्रो पनि हुन सक्थ्यो नराम्रो पनि । यदाकदा सोच्छु, मसँग राम्रो कार किन छैन ? मेरो स्यालरी एक लाख किन छैन ? किन मेरो घर एक तलाको मात्र छ ? मेरो घर किन सुविधासम्पन्न छैन ? के यी जायज प्रश्नहरु हुन् ? यस्तो मनोदशाले ऊर्जा दिन्छ ?
६ कक्षा पढ्दादेखि नै घरबाहिर बसेर पढें, दुःख पाइयो । परिवारकै कान्छो भएर पनि सबैको आँखाको नानी भएर सँगै बस्न पाइएन । उमेर पुगेपछि बुबाआमासँग बस्न पाइयो । १२–१३ वर्षदेखि बुबाआमासँग बसिरहेको छु । यो अवसर पनि हो मेरा लागि । उमेरअनुसार चाहना र प्राथमिकताहरु फरक हुँदा रहेछन् । स्वभाव पनि परिवर्तन हुने रहेछ । संयुक्त परिवारका फाइदा धेरै छन् । तर, कतिपय कुरामा कम्प्रोमाइज गर्नुपर्ने रहेछ । केयर फ्री हुन नपाइने । आफूलाई मन लागेको कुरा गर्न पनि कसले के भन्ला भन्नुपर्ने । 
कतिपय कुरा रियलाइज गरेर पनि सुधार गर्न नसकिने रहेछ । घर तथा पारिवारिक वातावरण, काम गर्ने ठाउँको वातावरण, आर्थिक स्थिति आदिले पनि हाम्रो आनीबानी, बोलिचाली र व्यवहारमा प्रभाव पर्दो रहेछ ।

Thursday, August 4, 2016

र, उसले अाफ्नाे एउटा फाेटाे पठाइ

र, उसले अाफ्नाे एउटा फाेटाे पठाइ फेसबुक इनबक्समा, मैले हेरैं। पठाएपछि हेर्नैपराे । ब्युटीफुल भनेर कमेन्ट नि गर्दिएँ । ड्युटी, घर, रिलेटिभ्स रे उसकाे खबर। अनि अरू के चाइयाे त ? मैले भनें । उसँग भेट नभाकाे महिनाैं भइसक्याे। कुराकानी पनि भाकाे छैन । विदेशिनुअघि एकपल्ट भेट्ने कुरा थियाे । तर, मेराे उप्रतिकाे माेह भंग भइसकेकाे छ । 

Wednesday, August 3, 2016

र, प्रचण्ड नेपालकाे ३९ अाैं प्रधानमन्त्री भएका छन् ।

र, प्रचण्ड नेपालकाे ३९ अाैं प्रधानमन्त्री भएका छन् । जाे भए नि हाम्लाइ बाल ।